पोखरामा ‘कुमारी’को भव्य कन्सर्ट: दर्शकको उत्साहले देखायो सफलताको संकेत

पाेखरा | माघ ४, २०८२

पोखरामा ‘कुमारी’को भव्य कन्सर्ट: दर्शकको उत्साहले देखायो सफलताको संकेत

पोखरा:  दिनेश राउतको निर्देशनमा तयार भएको नेपाली सिनेमा ‘कुमारी’ को प्रचार–प्रसारका क्रममा पोखरामा आयोजित भव्य कन्सर्ट उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । 


पोखराको इभेण्ट म्यानेजमेन्ट कम्पनी प्रचारले व्यवस्थापन गरेको उक्त कन्सर्टमा कलाकार, संगीत र दर्शकबीचको ऊर्जाशील सहभागिताले कार्यक्रमलाई विशेष बनायो।


कन्सर्टका क्रममा सिनेमाका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी ले पोखरेली दर्शकसँग प्रत्यक्ष संवाद गर्दै चलचित्र निर्माणका अनुभव, पात्रको यात्रा र ‘कुमारी’ले बोकेको भावनात्मक सन्देशबारे खुलेर चर्चा गरे । पछिल्लो समय टिकटकमा भाइरल बनेको कुमारीको गीत “डोको बुन्ने” मा झुम्दै उनीहरुले दर्शकसँग साक्षत्कार गरेका हुन् ।  कलाकारसँग प्रत्यक्ष भेटघाट र संवादको अवसर पाउँदा दर्शकहरू उत्साहित देखिन्थे।


कार्यक्रमलाई थप उचाइमा पु¥याउँदै केयर लिम्बू एण्ड द लुंगा ब्याण्डले दिएको सशक्त प्रस्तुतीले पोखराका दर्शकहरूलाई झूमायो। लाइभ संगीत, नृत्य र दर्शकको सहभागिताले कन्सर्टलाई स्मरणीय बनाएको थियो।


कुमारी मार्फत डेभ्यु गरेका अभिषेक खड्काले पोखरेली दर्शकको माया र उत्साहप्रति आभार व्यक्त गर्दै भने, “पोखरामा दर्शकको यस्तो ऊर्जा पाउँदा निकै खुशी लाग्यो। ‘कुमारी’ हाम्रो लागि केवल सिनेमा होइन, भावनाको कथा हो। यहाँबाट पाएको समर्थनले हामीलाई अझ आत्मविश्वासी बनाएको छ।” 


आफु पनि जेनजी उमेर समूहको भन्दै जेनजी पुस्ताबाट कुमारीलाई सहयोग मिल्ने विश्वास उनको छ । त्यसैगरी नायिका आकृति राजभण्डारीले पनि दर्शकसँगको आत्मीयताले आफूलाई भावुक बनाएको बताइन्। “पोखरेली दर्शकको प्रतिक्रिया असाध्यै सकारात्मक छ। ‘कुमारी’ले उठाएका विषय दर्शकले आत्मसात् गर्नुहुनेछ”, उनले भनिन् । 


चलचित्रका निर्देशक दिनेश राउतले पोखरामा देखिएको उत्साहले ‘कुमारी’ प्रति दर्शकको अपेक्षा प्रस्ट भएको बताए । “पोखराको यो माहोलले ‘कुमारी’ सही दिशामा अघि बढिरहेको संकेत गरेको छ। दर्शकको साथ र विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने । 


आगामी माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको ‘कुमारी’ प्रति पोखरेली दर्शकको उत्साहले चलचित्रको सफलताको संकेत दिएको छ । निर्माण टिमले नेपाली सिनेमालाई साथ दिन सबै दर्शकलाई नजिकैको हलमा पुगेर ‘कुमारी’ हेर्न आग्रह गरेको छ । नेपाली समाजका संवेदनशील पक्षलाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको ‘कुमारी’ ले प्रदर्शनसँगै दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्